बागमती प्रदेश प्रमुख प्रसाईं पदमुक्त, नेपालपक्षीय यादवचन्द्र शर्मालाई नियुक्त गर्ने सरकारको निर्णय
काठमाडौं : सरकारले बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादवचन्द्र शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। शर्मा नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधव कुमार नेपालनिकट हुन्। शर्मा लामो समय नेता नेपालको स्वकीय सचिवका साथै लामो समय एमालेको विदेश विभागकाे सचिव रहेर...