माओवादी अध्यक्ष प्रचण्डको दबावपछि विद्युत प्राधिकरणमा कुलमानको नियुक्ती
काठमाण्डु– सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई बोलाएर शाक्यको ठाउंमा कुलमान घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णयमा हस्ताक्षर गर्न लगाएको स्रोतको दावी छ । मन्त्रिपरिषको बैठकलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री देउवाबीच छलफल भएको थियो ।...