“भाडाका विदेशी हमलाकारीले मेरा श्रीमान्लाई गोलीले क्षतविक्षत बनाए।”: हेइटीका हत्या गरिएका राष्ट्रपतिकी श्रीमती
निजी निवासमा हत्या गरिएका हेइटीका राष्ट्रपति जोभनेल मोइजकी श्रीमतीले भाडाका सैनिकहरू प्रयोग गरेर राजनीतिक शत्रुहरूले उनको ज्यान लिएको बताएकी छन्। उनले आफ्ना श्रीमान्ले अघि बढाएको संवैधानिक सुधार र जीवनस्तर उकास्ने प्रयासलाई रोक्न त्यस्तो गरिएको बताइन्। सामाजिक सञ्जाल ट्विटरमा एउटा सन्देश राख्दै उनले हेइटीका मानिसहरूलाई लडिरहन आग्रह गर्दै आफूसाथमा उभिने प्रतिबद्धता जनाएकी छन्। बुधवार सबेरै बन्दुकधारीहरूले...