प्रधानमन्त्रीको बोलीलाई ‘धाक’को संज्ञा दिदैँ थापाले भने- बहुमतको संसद् भंग गरेर दुई तिहाईको धाक!
काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले भइरहेको बहुमतको संसद् भंग गरेर दुई तिहाई सिट ल्याउने प्रधानमन्त्रीको बोलीलाई ‘धाक’को संज्ञा दिएका छन्। प्रतिनिधि सभा विघटनविरुद्ध चितवनमा कांग्रेसले गरेको सभामा नेता थापाले दुई नेकपाले मुलुकलाई भिडन्ततिर लाने प्रयास गरेको बताए। दुई नेकपालाई सम्हाल्ने अवसर समयले कांग्रेसलाई दिएको उनको भनाइ छ। संसद् ब्यँत्याएर मात्रै कांग्रेस चुनावमा जाने थापाले उल्लेख गरे। ...