प्रधानमन्त्री ओलीले भने ‘म पनि खोप लगाउँथे, अहिले मसँग खोप कार्ड छैन।’
काठमाडौं- कोभिड-१९ विरुद्धको खोप अभियानको भर्चुअल रूपमा उद्घाटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण (टिचिङ) अस्पताल पुगेका छन्। उनले टिचिङमा रहेको खोप केन्द्रको निरीक्षण गरी स्वास्थ्यकर्मीसँग खोपका विषयमा जिज्ञासा राखेका छन्। उनले खोप अभियानबारे अस्पतालको तयारीबारे अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेसँग बिफ्रिङ लिए। शिक्षण अस्पतालका निर्देशक डा दिनेश काफ्लले लगायतले कोभिड खोप लगाइसकेका छन्। अस्पतालमा खोप अभियान र...