१० बुँदे समसामयिक प्रस्तावहरु पारित गर्दै मासम नेपालको बैठक सम्पन्न
काठमाडौं । नेपालको मानवअधिकार आन्दोलनमा सबैभन्दा अग्रणी संस्था मानवअधिकार संरक्षण मंच (मासम) नेपालको केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ । सोमबार काठमाडौं अनामनगरस्थित यूनियन हाउसमा केन्द्रीय अध्यक्ष गणेश विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको हो । बैठक पूर्व आठौं राष्ट्रिय सम्मेलनबाट निर्वाचित नयाँ कार्यसमितिलाई निवर्तमान अध्यक्ष नवदत्त ढुंगानाले पदहस्तान्तरण गरेका थिए । पदहस्तान्तरण कार्यक्रममा बरिष्ठ मानवअधिकारवादी नेता...