सशस्त्र द्वन्दमा ज्यान गुमाएका सुरक्षाकर्मीहरूलाई सहिद घोषणा गरेकोमा परिवारद्वारा प्रधानमन्त्रीलाई धन्यवाद
काठमाडौं। सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई धन्यवाद दिएका छन् । सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाउने विद्रोह पक्ष र राज्यपक्षका सबैलाई समान व्यवहार गरी सहिद घोषणा गरेकोमा उनीहरूले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर धन्यवाद दिएका हुन् । प्रधानमन्त्रीसँगको भेटमा उनीहरूले सत्य निरूपण तथा मेलमिलाप विधेयकमा समेत दुवै...