प्रज्ञामा ‘तन्त्रविद्या र स्नायुविज्ञानको अन्तरसम्बन्ध’ विषयक विचार–गोष्ठी
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागले ‘तन्त्रविद्या र स्नायुविज्ञानको अन्तरसम्बन्ध’ विषयक विचार–गोष्ठीको आयोजना गरेको छ । प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित विचार–गोष्ठीलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले कार्यक्रम विशिष्ट प्रकृतिको भएको बताए । तन्त्रविज्ञान र स्नायुविज्ञानका विशिष्ट विद्वानहरूको सहभागिता र प्रस्तुतिकरणले कार्यक्रम विशेष भएको उनको धारणा रहेको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठान ज्ञानको उत्खनन् गर्ने संस्था...