नवाज शरिफका भाइ शहबाज चुनिए पाकिस्तानका नयाँ प्रधानमन्त्री
काठमाडाैं । पूर्वप्रधानमन्त्री नवाज शरिफका भाइ ७० वर्षीय मियाँ मुहम्मद शहबाज शरिफ पाकिस्तानका नयाँ प्रधानमन्त्री चुनिएका छन्। उनी पाकिस्तानका २३औँ प्रधानमन्त्री हुन्। उनले पाकिस्तानी संसदको तल्लो सदन नेशनल एसेम्बलीमा १ सय ७४ मत पाए। उनका प्रतिस्पर्धी रहेका पाकिस्तान तहरिक-ए-इन्साफ (पिटिआई) का उम्मेदवार शाह महमुद कुरेशीले कुनै मत पाएनन्। पिटिआई निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी हो। केही दिनअघि इमरानले नयाँ चुनाव गराउन संसद भंग गरेका थिए। तर...