नेपालको राष्ट्रिय जनगणनामा बेलायतका आदिवासी जनजातिहरुको चासो
लन्डन (यूके) – आगामी वर्ष हुने नेपालको राष्ट्रिय जनगणनामा अदिवासी जनजाति तथा अल्पसङ्ख्यकहरूले सक्रिय भूमिका खेल्नुपर्ने अभियन्ताहरूले बताएका छन् । सही तथ्याङ्क प्रस्तुत गर्न पनि सरोकारवाला पक्षहरूले विवरण सङ्कलनदेखि अनुगमनको प्रक्रियासम्म विशेष सक्रियता देखाउनुपर्ने धारणा व्यक्त गरेका हुन् । नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) यूकेले शनिबर आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ मा आदिवासी जनजाति र...