राष्ट्रिय विभूति मानवतावादी दार्शनिक जयपृथ्वीबहादुर सिंहको १४६ औँ जन्मजयन्ती सम्पन्न
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागले राष्ट्रिय विभूति मानवतावादी दार्शनिक जयपृथ्वीबहादुर सिंहको १४६ औँ जन्मजयन्तीका अवसरमा ‘जयपृथ्वीबहादुर सिंह र मानवतावाद’ विषयक विचार–गोष्ठीको आयोजना कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशी एवम् मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले संयुक्त रूपमा दीप प्रज्वलन गरी गोष्ठीको समुद्घाटन गरेका थिए ।...