मन्त्रिपरिषद्बाट हुने नीतिगत निर्णयमाथि प्रश्न, अख्तियारले छानविन गर्नुपर्ने
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले मन्त्रिपरिषद्को निर्णयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायले छानबिन गर्न नपाउने विषयमा सरकारसँग जवाफ माग गरेको छ। कामु प्रधानन्यायाधीशसहित ५ न्यायाधीश संलग्न हुने संवैधानिक इजलासले बुधबार एक मुद्दामा सुनुवाइ गर्दै मन्त्रिपरिषद्बाट हुने नीतिगत निर्णयमाथि प्रश्न उठाएको हो। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह...