काभ्रेमा प्रहरीद्वारा ‘नागरिक–प्रहरी’ पुस्तकालय सञ्चालन
भक्तपुर । इलाका प्रहरी कार्यालय मङ्गलटारमा ‘नागरिक–प्रहरी’ पुस्तकालय सञ्चालनमा ल्याइएको छ । विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगमा उक्त पुस्तकालय स्थापना भएको हो । नेपाल प्रहरीको नवप्रवद्र्धनात्मक कार्यअन्तर्गत दण्डात्मक प्रणालीले मात्रै अपराध नियन्त्रण हुँदैन, सकारात्मक सुधारको माध्यमबाट सुरक्षित समाज निर्माण गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै नागरिक प्रहरी पुस्तकालय स्थापना गरिएको कार्यालयले जनाएको छ । प्रहरी...