अल्फाविटा कम्प्लेक्सका मालिक र मेयर शाहबीच चर्काचर्कीपछि चल्यो डोजर
काठमाडौं । मेयर बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाभित्रका अनधिकृत संरचनाहरु हटाउने अभियानलाई तीव्रता दिएका छन् । बिहीबार बिहान काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाविटा कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना हटाउन दिइएको निर्देशनलाई निर्देशक द्विराज शर्माले नमानेपछि मेयर शाह आक्रोशित भएका थिए । त्यसक्रममा मेयर शाहले त्यहाँ अनधिकृत रुपमा संचालनमा ल्याइएको फार्मेसी बन्द गर्न निर्देशन दिएलगत्तै कम्प्लेक्सका निर्देशक शर्माले ‘सरकारसँग...