विद्युत प्राधिकरणको ४६ करोडको भ्रष्टाचार मुद्दा : ४ वर्षमा २३औं पेसी चढ्यो, सुनुवाइ भएन
काठमाडौं– कोरोना महामारी सुरु भएदेखि सर्वाेच्च अदालतमा विचराधीन भ्रष्टाचारका मुद्दाले पेसी चढ्ने पालो पाएनन्। पछिल्लो पटकको निषेधाज्ञा अलि खुकुलो भएर अदालतमा गतिविधि सुरु भएपछि सर्वोच्च अदालतले भ्रष्टाचारका मुद्दालाई पेसीमा चढाउन थाल्यो। भ्रष्टाचारका विचाराधीन मुद्दामध्येको धेरै बिगो, प्रतिवादी र चर्चा भएको नेपाल विद्युत प्राधिकरणको ट्रान्सफर्मर घोटलाकाण्डको मुद्दा भदौ १ गते (मंगलबार) पेसीमा चढ्ने असवर पायो। यो २३औं पेसी थियो।...