खेलकुदको विकासका लागि पूर्वाधार प्राथमिकतामा राखेको छु : मुख्यमन्त्री गुरुङ
गण्डकी: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । गण्डकी प्रदेश तेक्वान्दो सङ्घ (आइटिएफ) द्वारा आज पोखरामा आयोजना गरिएको खेलाडीको ग्रेडिङ समापन कार्यक्रममा उहाँले प्रदेश सरकारले बहुउद्देश्शीय रङ्गशाला निर्माणको योजना बनाए पनि जमीन प्राप्तिमा ढिलाइ भएको बताउनुभयो । चालू आवको बजेट कार्यक्रममा बहुउद्देश्शीय रङ्गशाला निर्माणका...