याक्थुङ जाति साँस्कृतिक पहिचानमा आधारित समुदाय हो – चुम्लुङ प्रदेश अध्यक्ष मेन्याङ्वो
२८ नोभेम्बर, धरान । याक्थुङ(लिम्बु) जाति मुन्धुमी सँस्कृतिमा आधारित समुदाय भएको किरात याक्थुङ चुम्लुङका लिम्बुवान प्रदेश अध्यक्ष सह–प्राध्यापक ध्रुवकुमार मेन्याङ्वोले बताएका छन् । धर्मबारे आन्तरिक बहस चलिरहेको बेला सँस्कृतिमार्फत् एकताको प्रयास खोजिनुपर्ने उनले बताएका हुन् । शुक्रबार साँस्कृतिक अभियन्ता हितराम तिल्लिङ मादेनद्वारा लिखित ‘याक्थुङ सँस्कारहरू’ पुस्तक विमोचनमा बोल्दै नेपाल आदिवासी जनजाति महासङ्घका प्रदेश अध्यक्ष समेत...