समाजवादी मोर्चा घोषणा, चार नेताद्वारा सहमतिपत्रमा हस्ताक्षर
काठमाडौं । चार नेताद्वारा समाजवादी मोर्चाको सहमतिपत्रमा हस्ताक्षर गरिएको छ। सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा सुरू भएको समाजवादी मोर्चा घोषणा कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्दले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल,...