मेरो क्षेत्रको हरेक टोल टोलमा साना-ठूला विकासका योजना पुर्याएको छु : प्रकाशमान सिंह
काठमाडौं । काठमाडौं क्षेत्र नम्वर १ का प्रतिनिधि सभा उम्मेदवार प्रकाशमान सिंहले विगत पाँच वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकासले मतदाताको मन जित्न सफल भएको बताएका छन् । मंगलबार घरदैलो कार्यक्रमका क्रममा उनले उक्त कुरा बताएका हुन् । पछिल्लो समय चुनावी कार्यक्रममा व्यस्त रहेका सिंह मंगलबार पनि चुनावी घर दैलो कार्यक्रमका लागि निरन्तरता दिएका छन्...