निर्वाचन आचारसंहितामा १२ राजनीतिक दलले गरे हस्ताक्षर, आयोगमै पुगे प्रधानमन्त्री
काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन आयोगले बनाएको निर्वाचन आचारसंहितामा १२ राजनीतिक दलले कार्यान्वयनको प्रतिबद्धता जनाएका छन् । आइतबार आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दललाई आचारसंहिताको कार्यान्वयनको प्रतिबद्धतापत्रमा हस्ताक्षरका लागि केन्द्रीय कार्यालय कान्तिपथ डाकेको थियो । आयोगले नेपाल राजपत्रमा आचारसंहिता प्रकाशित गरिसकेको छ । तर, लागू...