निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित अनिवार्य आवश्यक्ता : नेता सिंह
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले संविधानको कार्यान्वयनका लागि निर्वाचनबाट कांग्रेसले नै म्यान्डेट पाउने बताएका छन् । लौहपुरूष गणेशमान सिंहको २५ओै स्मृति दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले मौका पाउँदा संसद विघटन गर्नेलाई नभई जनताले कांग्रेसलाई म्यान्डेट दिने बताए । सविधानको सफल कार्यान्वयनका लागि मंसिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित आवश्यक...