तालाबन्दी र हडतालले विश्वविद्यालयका समस्या समाधान हुँदैन: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिरहेकाले तालाबन्दी र हडतालले विश्वविद्यालयका समस्या समाधान नहुने बताएका छन् । उनले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने औंल्याए । शुक्रबार ६९औं वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री...