कांग्रेसको क्रियाशील सदस्य आठ लाख ५२ हजार ७११ जना
काठमाडाैं– नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ। शीर्ष नेताको बैठकमा समितिले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको हो। समितिका संयोजक रमेश लेखकले सभापति निवास बूढानीलकण्ठमा प्रतिवेदन हस्तान्तरण गरेका हुन्। मंगलबार बिहान बुझाइएको क्रियाशील सदस्यतमा समितिकाे प्रतिवेदनमा ९८ प्रतिशत कार्य सकेको जनाइएको छ। ‘हामीले गर्नसक्ने सबै कार्य गरिसक्यौं। ९८ प्रतिशत नाम छानबिन गर्यौं। टुंगो पनि लगायौं,’ समितिका प्रवक्ता प्रदीप...