यी हुन् जसपाबाट बन्ने मन्त्रीहरु, कसलाई कुन मन्त्रालय? (सूचीसहित)
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँगको निरन्तरको वार्तापछि जनता समाजवादी पार्टी (जसपा)काे महन्थ-राजेन्द्र पक्ष अन्तत: कामचलाउ सरकारमा सहभागी हुने भएको छ। शुक्रबार बालुटारमा ओलीसँग ‘फाइनल’ वार्ता गरेसँगै जसपाको यो पक्ष सरकारमा जान तयार भएको हो। जसपाले आफ्ना तर्फबाट बन्ने मन्त्रीको नाम पनि टुंग्याएको छ। जसअनुसार जसपाका वरिष्ठ नेता राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउनेछन्। यस्तै, शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत...