मन्त्रिपरिषद विस्तारविरुद्धको रिट ईश्वर खतिवडाको इजलासमा पेशी तोकियो
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनपछि गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध दायर भएका रिटहरु न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा पेशी तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले खतिवडाको एकल इजलासमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, लोकेन्द्र ओलीसहितले दायर गरेको रिटको पेशी तोकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि गत शुक्रवार मन्त्रिपरिषद् विस्तार गर्दै ९ मन्त्री थपेका थिए। यसअघि...