एनआरएनएले पन्ध्र बर्ष निरन्तर प्रयास गरेर सामाजिक सुरक्षा योजना कार्यविधि बनेको हो: कुल आचार्य
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए)का अध्यक्ष कुल आचार्यले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई समेत सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने गरि सरकारले योजना कार्यविधि बनाएकोप्रति खुशी ब्यक्त गरेका छन् । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको सामाजिक सुरक्षा योजना कार्यविधि सार्वजनिक भएकोप्रति...