विज्ञको सुझाव नमान्दा फैलिएको कोरोनाले डेढ लाखको मृत्यु
रियो दे जेनेरियो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा स्थानीय समय अनुसार शनिबार रातिसम्ममा मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको छ । कोरोना संक्रमणको दरमा केही दिनदेखि कमी आए पनि कूल मृत्यु भएका व्यक्तिको संख्याका आधारमा ब्राजिल संयुक्तराज्य अमेरिकापछि विश्वमै दोस्रो स्थानमा रहेको छ । ब्राजिलका राष्ट्रपति जेयर बोल्सेनारोले...