अहिलेलाई राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नुहुन्छ, अरु कुरा समय आएपछि थाहा हुन्छ : इन्द्रबहादुर बानियाँ, कांग्रेस संसदीय दलका नेता
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री अब नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डे बन्ने नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बताएका छन् । बुधबार प्रदेशसभा बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै काँग्रेस नेता बानियाँले अबको मुख्यमन्त्री पाण्डे नै हुने बताएका हुन् । अहिलेलाई मुख्यमन्त्री पाण्डे बनेतापनि अरु कुरा (आलोपालो सरकारको नेतृत्व) समय आएपछि थाहा...