ओलीको अर्को निर्णयमा सर्वोच्चको रोक, राजदूत सिफारिस भएका कार्कीलाई नियुक्त नगर्न अन्तरिम आदेश
काठमाडौं- सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको अर्को निर्णय कार्यान्वयन गर्न रोक लगाउने आदेश गरेको छ। सर्वोच्चले आइतबार पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा गरेको सिफारिस कार्यान्वयनमा रोक लगाउने आदेश गरेको हो। मन्त्रिपरिषद्को वैशाख २५ गतेको बैठकले कार्कीलाई बहराइनको आवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय थियो। उक्त निर्णयविरुद्ध सर्वाेच्चमा परेकोझ रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको इजलासले निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन...