विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार दिलाउने सन्दर्भमा सकारात्मक प्रगति भएको छ: उपप्रधानमन्त्री खड्का
मस्कट । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार र सिंगो संसद गैरआवासीय नेपाली संघ (एनआरएनए)को पक्षमा रहेको बताए । ओमानको राजधानी मस्कटमा बुधबार आयोजित ८ औं मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खड्काले सरकारले एनआरएनका विषयलाई गम्भीरता पूर्वक लिएको बताएका हुन् । उक्त सम्मेलनलाई सम्नोधन गर्ने क्रममा उपप्रधानमन्त्री खड्काले एनआरएनले नेपालका लागि गरेको योगदानको प्रशंसा...