माधव नेपाल र वार्तामा सहभागी नेताहरूबीच छलफल : ओली पक्षले एकता भाँडेको निष्कर्ष
काठमाडौं- नेकपा (एमाले)को एकीकरणका लागि भइरहेको वार्ता र प्रक्रिया अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षले भाँडेको वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन्। नेपाल पक्षका तर्फबाट वार्तामा सहभागी नेताहरूसँग छलफल गर्दै ओलीले एकता नचाहेको नेपालले बताएका हुन्। सोमबार दिउँसो नेपालनिवास कोटेश्वरमा नेपालका साथै वार्तामा सहभागी नेताहरू सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यबीच छलफल भएको थियो। एकीकरणका लागि सक्रिय नेताहरूले ओली पक्षले...