न्यायालयको साख थप गिर्न नदिन प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने विवेकशील साझा पार्टीको ठहर
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा प्रकरणले निम्त्याएको संकटप्रति विवेकशील साझा पार्टीले ध्यानाकर्षण गरेको छ । शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै विवेकशील साझा पार्टीले न्यायालयको स्वतन्त्रता र गरिमा अक्षुण्ण राख्न मुख्य भूमिका खेल्नुपर्ने प्रधानन्यायाधीश स्वयम् नै न्यायिक विचलनको मूल स्रोत बन्नु र कार्यपालिकासमेतमा हिस्सेदारी खोज्नु विधिको शासनबाट संचालित मुलुकमा कल्पनाबाहिरको विषय रहेको...