युराेकप ‘हाइ ड्रामा’ : पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै स्विट्जरल्याण्ड क्वाटरफाइनलमा
काठमाडाैं- पेनाल्टी सुटआउटमाविश्वकप विजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्याण्ड जारी युराेकप २०२० काे क्वाटरफाइनलमा पुगेकाे छ। रोमानियाको नेशनल एरिनामा मंगलबार बिहान भएकाे प्रि–क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा ५- ४ जित निकाल्दै स्विट्जरल्याण्ड अन्तिम ८ मा पुगेकाे हाे। पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभिएर जिरुड, मार्कस थुराम, प्रेस्नेल किम्पेम्बेले गोल गरे। तर, केलियन एमबाप्पे पेनाल्टीमा गोल गर्न चुके। यता, स्विट्जरल्याण्डका मारियो गाभ्रानोभिच, फाबियन सेर,...