मनमोहन अधिकारीको मुद्दामा राजनीतिक विषय भए पनि विघटन संविधानसम्मत हुनुपर्ने फैसला भएको जिकिर
काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले यसमा राजनीतिक विषय भनेर अदालत उम्किन नमिल्ने बताउनुभएको छ । “संविधानमा हुँदै नभएको व्यवस्थालाई राजनीति हो भनेर विघटन गर्न मिल्दैन । प्रधानमन्त्रीको लिखित जवाफमा दिइएको आरगुमेन्ट(तर्क) पनि मिल्दैन”, उहाँले भन्नुभयो, पार्टीभित्रको विवाद मिलाउन नसकी प्रतिनिधिसभा नै विघटन...