काठमाडौं: सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइ भइरहेको छ । बिहान साढे ११ बजेपछि सुरू भएको इजलासमा रिट निवेदकका तर्फबाट अधिवक्ता दिनमणि पोखरेलले बहस गरिरहेका छन् ।
सर्वोच्च अदालतमा आइतबारदेखि प्रतिनिधि सभा विघटन मुद्दामा निरन्तर सुनुवाइ भइरहेको छ । आइतबारको सुनुवाइमा संविधानविद् भीमार्जुन आचार्य र नेपाल बार एसोसिएनका पूर्वमहासचिव सुनिलकुमार पोखरेलले बहस गरेका थिए ।