काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले शैलेन्द्र झालाई सल्लाहकार नियुक्त गरेको छ ।
यसअघि झा बालेन्द्र शाह मेयर हुँदा काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगमा शिक्षा, प्रविधि तथा सामाजिक नवप्रवर्तन हेर्ने बोर्ड सदस्यको रूपमा कार्यरत थिए ।
झाले जर्मनीबाट सूचना तथा सञ्चार इन्जिनियरिङ, फिलिपिन्सबाट विकास व्यवस्थापन तथा बंगलादेशबाट एप्लाइड इकोनोमिक्समा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।