August 25, 2026, Tuesday
२०८३ भाद्र ९
1:37:26 pm

तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत तीन संसदीय समितिको बैठक आज बस्दै छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको छैटौं बैठक, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्ने बस्दैछ। उक्त बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२७ लाई आरोग्य वर्षका रुपमा मनाउन लागेको सन्दर्भमा सोको तयारी सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । यसैगरी, नेपाल नागरिक उड्डयन प्राधिकरण र मन्त्रालयलाई दिइएको निर्देशन कार्यान्वयनको अवस्था र तत्पश्चात् प्राप्त थप उपलब्धी सम्बन्धमा छलफल हुनेछ ।

यस्तै, बिहान ९ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको आन्तरिक कार्यविधिका सम्बन्धका साथै विविध विषयमा छलफल हुने कार्यसूची छ ।

Advertisement

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक ९ बजे बस्ने भएको छ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुनेछ ।