November 8, 2026, Sunday
२०८३ कार्तिक २३
1:37:26 pm

रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले बुधबार शपथ लिने भएका छन् ।

चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूले शपथ लिन लागेका हुन् ।

बुधबार बिहान ११ बजे पार्टी कार्यालय घण्टीघरमा शपथ कार्यक्रम राखिएको छ । शपथपछि केन्द्रीय समिति बैठक बोलाउने रास्वपाको तयारी छ । केन्द्रीय समिति बैठकमा मनोनीत पदाधिकारी र सदस्यहरूबारे छलफल हुनेछ ।

Advertisement

गत असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको थियो । सभापति लामिछानेले भरतपुरमै शपथ लिएका थिए ।