August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

सेप्टी ट्याङ्कीमा डुबेर ५ वर्षीया बालिकाको मृत्यु

काठमाडौं । कैलालीको गोदावरीमा निर्माणाधीन सेप्टी ट्याङ्कीमा डुबेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ ।

प्रहरीकाअनुसार बाजुराको बुढीगंगा नगरपालिका–७ घर भएर मामाको घर बस्दै आएकी ५ वर्षीया बालिका शशिका मल्ल केसीको मृत्यु भएको हो ।

गोदावरी नगरपालिका–४ को बाँस्कोटामा निर्माणाधीन सेप्टी ट्याङ्कीमा खसेर मंगलबार बालिकाको मृत्यु भएको प्रहरीले बताएको छ ।

Advertisement

मंगलबार दिउँसो खेल्ने क्रममा निर्माणाधीन सेप्टी ट्याङ्कीको खाल्टोमा खसेकी थिइन् । खाल्डोमा डुबेको अवस्थामा उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।