प्रदेश मुख्यमन्त्रीमा सिफारिस १५ सांसदलाई मुख्यमन्त्री राईले गरे निलम्बन
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले प्रदेश मुख्यमन्त्रीमा सिफारिस गरेका भीम आचार्यसहित १५ सांसदलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका छन्। ओली पक्षका मुख्यमन्त्री राईले उनीहरूलाई निलम्बन गरेका हुन्। आचार्यलाई संसदीय दलको नेता चयन गरी प्रचण्ड-माधव नेकपा समूहले मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाएको थियो। प्रचण्ड माधव समूहले आफूलाई हटाएपछि राईले काउन्टरमा १५ सांसदलाई निलम्बन गरेका...