वायुसेवा निगमभित्रका समस्या समाधान गर्नु मन्त्री ढकालको प्रमुख एजेण्डा
काठमाडौं–नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेपाल वायुसेवा निगमभित्रका समस्या समाधान गर्नु आफ्नो कार्यकालको सबैभन्दा महत्वपूर्ण एजेण्डा रहने बताएका छन्। मंगलबार निगमको स्थलगत निरीक्षण गरेपछि मन्त्री ढकालले आफूले निगमभित्रको प्रदूषणलाई इमानदारीपूर्वक शुद्धीकरण गर्नेसमेत धारणा राखेका छन्। निगमका उच्चपदस्थ कर्मचारीसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री ढकालले निगमलाई समयसापेक्ष सुधार र परिवर्तनद्वारा उपलब्धिमूलक बनाउनु आवश्यक रहेकोसमेत...