साकेला गाउँपालिकामा श्रमिकको ज्याला भुक्तानी गर्न विभिन्न वुँदामा सहमति
साकेला । यतिबेला साकेला गाउँपालिका नागरिकको समस्या प्रति संवेदनशिल बनेर समस्या समाधान गर्ने तर्फ उन्मुख भईरहेको छ । गाउँपालिकाभित्र निर्माण भईरहेका विकासका पूर्वाधारको क्षेत्रमा काम गर्ने श्रमिकहरुले पारिश्रमिक नपाएको गुनासो आईरहँदा निर्माण कम्पनीसँग पारिश्रमिक उठाएर श्रमिकलाई उपलब्ध गराउन पालिका सरकार लागि परिरहेको हो । यसै क्रममा, गाउँपालिकाको गौरवको आयोजना मानिएको साप्सुखोला–मानेभञ्ज्याङ–तावाभञ्ज्याङ पाँचधारे सडक निर्माणको क्रममा...