सरकारले उदयीमान प्रविधिको क्षेत्रमा अध्ययन र अनुसन्धानका काम अगाडि बढाएको छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेसेवा प्रवाहका लागि प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । अबको दुनियाँमा ‘पेपरलेस’ प्रणालीबाट सेवा प्रवाह गरे मात्र सुशासनलाई सार्थकता दिन सकिने उनले बताएका हुन् । आइतबार ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारले कम्प्युटर प्रविधि, रोवोटिक प्रविधि, डेटा विज्ञान, मेसिन...