November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

सरकारले आन्दोलनरत दुग्ध किसानलाई बोलायो वार्तामा

२०८० फाल्गुन १९

काठमाडौं । सरकारले आन्दोलनरत दुग्ध किसानलाई वार्तामा बोलाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले शनिबार दिउँसो १ बजे वार्ताका लागि दुध किसानको प्रतिनिधिमूलक संस्था राष्ट्रिय दुग्ध सहकारी संघलाई बोलाएको हो ।

सरकारले ६ अर्बभन्दा बढी बक्यौता नदिएको भन्दै दुग्ध किसानहरू आन्दोलित थिए । बाहिरबाट दूध आयात गरेर किसानको दूध पोख्नुपर्ने स्थिति भएको साथै किसानको समस्या समाधानतर्फ सरकार उदासीन देखिएको कारण उनीहरु आन्दोलनमा उत्रिएका थिए ।

संघका अध्यक्ष अमर कुँबरले सकारले वार्तामा बोलाएको र आफू सहभागी भएर मागहरु राख्ने बताए ।

Advertisement