प्रदेश १ सरकार मन्त्रिपरिषद् बैठक सम्पन्न, निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमलगायतका कार्यविधि स्वीकृत
विराटनगर । प्रदेश नम्बर १ मन्त्रिपरिषद्को आज बसेको बैठकले केही कार्यविधि तथा निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न ८ वटा कार्यविधि तथा निर्देशिका स्वीकृत गरेको हो । यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा प्रस्तुत ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी कार्यविधि,...