November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

होटलमा महिला र पुरुष मृत फेला

काठमाडौं । बुटवलको एक होटलमा महिला र पुरुष मृत फेला परेका छन् । फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठा नम्बर १३४ मा दुई जना मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार मृत फेला पर्नेहरुमा धादिङको कुम्पुर घर भएका अन्दाजी ३५ वर्षका सीताराम भुजेल र दाङकी अन्दाजी ३३ वर्षकी पुष्पा नाम गरेकी महिला रहेका छन् ।

पुरुषको शव झुन्डिएको अवस्थामा र महिलाको शव रगतले पोतिएको अवस्थामा बेडमा भेटिएको प्रहरीले जनाएको छ । उनीहरु आइतबार राति त्यस होटलमा बास बस्न आएको प्रारम्भीक अनुसन्धानमा खुलेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement