लुम्बिनीमा गुरुयोजना विपरीत संरचना बनाउन नपाइने
काठमाडौं । लुम्बिनी विकास कोषले गुरुयोजनामा उल्लेख भएअनुसार बाहेकका संरचना गुरुयोजना क्षेत्रभित्र निर्माण गर्न नदिने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा कोषका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा शनिवार बसेको कोषको बैठकले व्यावसायिक तथा व्यक्तिगत स्वार्थ पूर्ति हुने कुनै संरचना गुरुयोजना क्षेत्रभित्र बन्न नदिने सैद्धान्तिक निर्णय गरेको हो । बौद्धमार्गीको आस्थाको धरोहर लुम्बिनीको...