August 28, 2026, Friday
२०८३ भाद्र १२
1:37:26 pm

सेतीनदी जलविद्युतको काम अघि बढ्ने, राष्ट्रिय वन प्रयोग गर्न स्वीकृति

काठमाडौं । सरकारले सेतीनदी जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । यही मंसिर २० गते बसेको मन्त्रिपरिषद्को बैठकले सेतीनदी जलविद्युत आयोजनाका लागि आवश्यक पर्ने बन क्षेत्र उपभोग गर्न दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनुभएका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडद्वारा कास्की जिल्लाको माछापुच्छ्रे गाँउपलिकामा निर्माण भईरहेको २५ मेघावाटको आयोजनाका लागि सरकारको निर्णयले काम गर्न सजिलो हुने भएको कम्पनीका अध्यक्ष जगत पोखरेलले बताए ।

कम्पनीले विद्युत विकास विभागबाट २०७४ बैशाख ८ गते विद्युत उत्पादनको सर्बेक्षण अनुमति पत्र प्राप्त गरेको थियो भने २०७६ आश्विन १४ मा उद्योग बिभागबाट उद्योग दर्ताको प्रमाणपत्र पाएको छ । सेतीनदी जलविद्युत आयोजनाबाट उत्पादित विजुली लाहाचोक सव स्टेसन सम्म १३२ के.भि.ए.को ४ किलोमिटर ट्रान्मिसन लाईन मार्फत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईनमा जोडिने छ।

Advertisement