काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालका लागि वैदेशिक ऋण लिनु बाध्यात्मक अवस्था भएको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको छलफलमा उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।
नेपालले आफैँ तिर्दै जाने गरी उत्पादनमूलक क्षेत्रमा लगानी गरेकाले ऋण लिने कुरालाई लिएर जहाज नै डुब्छ भने जसरी विरोध गर्न आवश्यक नरहेको उनले बताए।
अर्थमन्त्री वाग्लेले भने, ‘ऋण लिँदैमा जहाज नै डुब्ने, आकाश नै खस्ने होइन । माननीयजीहरूबाट नै आइसक्यो । ऋण लिनु खराब होइन, ऋण लिनुपर्दछ । हाम्रो त बाध्यात्मक अवस्था नै छ । कहाँ सदुपयोग गरियो ? त्यो उल्लेख्य हो।’