काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । आइतबारको तुलनामा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला पाँच हजार रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला दुई लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर दुई लाख ९८ हजार २०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्यमा पनि प्रतितोला १२० रुपैयाँको बढोत्तरी देखिएको छ । आइतबार प्रतितोला चार हजार ८९५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी सोमबार पाँच हजार १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारको उतारचढावका आधारमा नेपाली बजारका लागि दैनिक रूपमा सुनचाँदीको कारोबार मूल्य निर्धारण गर्दै आएको छ ।